मनोरञ्जन

शाहिदका भाइ ईशानको डेब्यु फिल्म 'बियाेन्ड द क्लाउड्स'काे यस्तो आयो ट्रेलर (भिडियोसहित)

शाहिदका भाइ ईशानको डेब्यु फिल्म 'बियाेन्ड द क्लाउड्स'काे यस्तो आयो ट्रेलर (भिडियोसहित)

 

एजेन्सी । बलिउडका चचिर्त अभिनेता शाहिद कपूरका कान्छा भाइ ईशान खट्टर र अभिनेत्री मालविका मोहननको मुख्य भूमिकामा रहेको फिल्म ‘बियोन्ड द क्लाउड्स’ को ट्रेलर सार्वजनिक भएको छ । ईरानी निर्देशक माजिद मजीदीको भारतीय पृष्ठभूमिमाथि आधारित फिल्म ‘बियोन्ड द क्लाउड्स’ को ट्रेलर सार्वजनिक भएको हो ।

 

यस फिल्ममा भाई र बहिनीको सम्बन्ध देखाउन खोजीएको छ । फिल्ममा भाईलाई ठूलो मान्छे बन्नु छ र यसका लागि उनले ड्रग्सको धन्दा सुरु गर्न थाल्छन् । स्टोरीमा तब मोड आउँछ जब भाईको गलत कामका कारण उनकी बहिनीलाई प्रहरीले गिरफ्तार गर्दछ ।

 

फिल्ममा क्राइम र इमोसनको निकै राम्रो कम्मिनेसन हेर्न सकिनेछ । फिल्ममा ए.आर रहमानको संगीत रहेको यो फिल्म २० जुलाईमा प्रदर्शन हुने निर्माण टिमले बताएको छ ।

" target="_blank" rel="noopener noreferrer">

विशेष