मनोरञ्जन फोटो

नेपाली ‘नक्कली एन्जेलीना जोली’ (फाेटाेफिचर)

आशिका कसरी भइन् ठ्याक्कै एन्जेलीना जस्तै ?

नेपाली ‘नक्कली एन्जेलीना जोली’ (फाेटाेफिचर)

काठमाडौं । संसारका करोडौँ किशोरहरु एन्जेलीना जोलीका तस्विर हेरेर दंग पर्छन् । अर्थात् एन्जेलीनालाई ‘ड्रिम गर्ल’ मान्ने थुप्रे छन् ।

पटक पटक भएका विभिन्न सर्वेक्षणले पनि के पुष्टि गरेकाछन् भने एन्जेलीना जोली संसारकै आकर्षक युवति हुन् । ५० वर्षको हाराहारीमा रहेकी ती हलिउड सेलिब्रिटीको सुन्दरताको चर्चा अझै केही वर्ष सेलाउला जस्तो छैन ।

रोचक त के भने, उनै सुन्दर सेलिब्रिटी एन्जेलीनाको झल्को दिने एक नेपाली युवतिले सामाजिक संजालमा प्रभाव जमाएकी छन् । एक नेपाली फिल्ममा समेत मुख्य भुमिका सहित अभिनय गरेकी आशिका तामाङको अनुहार ठ्याक्कै एन्जेलीना जोलीसँग मिल्छ ।

धेरैले उनलाई फेसबुकमा समेत ‘नेपाली एन्जेलीना जोली’ भनेर प्रतिक्रिया दिने गरेका छन् ।

को हुन् आशिका ?

जर्मनी बस्दैआएकी नेपाली चेली हुन् आशिका । पेशाले नर्स उनी नेपाली फिल्म क्षेत्रमा पनि आकर्षित छन् । केही वर्षअघि नेपालमै आएर आर्यन सिग्देलसँग ‘सुश्री’ फिल्ममा अभिनय पनि गरिन् ।

अभिनय उतिसारो राम्रो नभए पनि उनका तस्विरले भने उनलाई एन्जेलीना जोलीकै अर्को संस्करण भनी प्रतिक्रिया दिन्छन् ।

तर नक्कली

आशिकाको विषयमा अर्को नखुलेको रहस्य के भने, उनी तस्विरमा जे जस्तो देखिन्छिन् । त्यो सबै उनको बनावटी हो भन्दा अनौठो लाग्ला । खासमा आशिकाले जर्मनीमै छँदा नै सर्जरी गरी एन्जेलीना जस्तो आँखा, ओठ र अनुहार बनाएकी हुन् ।

 

फिल्मपछि पनि उनी जर्मनी नै फर्किएकी छन् । त्यहाँ कन्सल्टेन्सी पनि संचाल गरेको बताउने उनले सर्जरी गरी अनुहार बिगारेको बुझिन्छ । अर्कोतर्फ उनका तस्विर एन्जेलीना जस्तै देखिए पनि यथार्थमा उनको अनुहारको रंग कालो छ । र नजिकैबाट हेर्दा भने उनी त्यस्ती देखिन्नन् ।

विशेष