गायिका जुना प्रसाईको अप्ठ्यारोः श्रीमान बिदेश हुनुहुन्छ, बिहेको प्रस्ताव आइरहन्छ (भिडियो)
'नाईँ ! त्यो क्षण सम्झन चाहन्न'
काठमाडौं । ‘नदेखेको भए हुन्थ्यो तिमिलाई...’ बोलको गीत कहीँ–कतै गुन्जियो भने जुना प्रसाईको हँसिलो चेहरा याद आउँछ । जुन गीतले नै चिनायो जुनालाई ।
त्यसो त अहिले पनि कुनै स्टेजमा २/३ पटकसम्म ‘वान्स मोर’ पाउँछिन् रे । तिनै झापाली गायिका जुना प्रसाईसँग नेपालआजको यो रोचक र भावुक बसाई जमेको छ ।
नयाँ गीत ‘ताराबाजी लैलै’ बजारमा ल्याएकी गायिका जुना नेपालआजको स्टुडियोमा आएर प्रबिन दाहालसँग गफिएकी छन् । यस क्रममा उनको गायनयात्रा, जीवनशैली, सम्बन्ध, प्रेम, परिवार लगायत व्यक्तिगत भोगाइबारे पनि कुराकानी भएको छ । जुनाले नहिचकिचाइकन आफ्ना केही गोप्य कुरा समेत नेपालआजसँग शेयर गरेकी छन् ।
गायनयात्राः
झापाको चारपानेमा जन्मेकी यी हंसिली गायिका जुनाले अहिलेसम्म थुप्रै गीतमा सफल भएकी छन् । २०५७ बाट सांगीतिक यात्रा सुरु गरेकी उनले गायन क्षेत्रमै आफ्ना असल मित्रबारे पनि बोलेकी छन् ।
जुनाले पप, आधुनिक र पूर्वेली लोक गीत गरी सयौँ गीतमा स्वर भरिसकेकी छन् । उनको नयाँ गीत ‘ताराबाजी लैलै’को शब्द र संगीत दीपक शर्माले भरेका हुन् ।
श्रीमानबारे रोचक कुराः
जुना बिबाहित भए पनि धेरैले उनलाई अबिबाहित नै ठान्छन् रे । उनका श्रीमान बिदेशमा छन् । यता नेपालमा भने उनको घरमै समेत केही पुरुषहरु बिबाहको प्रस्ताव लिएर गएका थुप्रै उदाहरण हामीसँग बाँडेकी छन् । यस्तै उनले श्रीमान बिदेशमा भए पनि एक्लो महसुश नगरेको बताएकी छन् ।