खेल

आईसिसी सहमत भयो नेपाली क्रिकेटमाथिको प्रतिबन्ध हटाउन

आईसिसी सहमत भयो नेपाली क्रिकेटमाथिको प्रतिबन्ध हटाउन

काठमाडौं । आईसिसीले नेपाली क्रिकेटमाथि लगाउँदै आएको निलम्बन फुकुवा गर्ने आश्वासन दिएको छ । आईसिसिले नयाँ नेतृत्व चयनपछि फुकुवा गर्ने आश्वासन दिएको हो ।

 

आईसिसिले तयार गरेको विधान पारित गर्दै नयाँ नेतृत्व चुनेपछि आगामी जनुमा बस्ने बोर्ड बैठकबाट नेपालको निलम्बन फुकुवा गर्ने जानकारी आईसिसी उपाध्यक्ष इमरान ख्वाजाले दिएका छन्।

 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टसँग भएको छलफलमा आईसिसि उपाध्यक्ष इमरान ख्वाजाले जतिसक्दो चाँडो नेपालको प्रतिबन्ध फुकुवा गर्न आईसिसि तयार रहेको बताएका हुन् । उनका अनुसार स्पष्ट सहमति कार्यान्वयन भए आगमी जुनबाट नेपालमाथि प्रतिबन्ध हट्ने छ ।

 

आईसिसीले एकसाता भित्रनै मनिटरिङ कमिटी गठन गर्दै निर्वाचन प्रक्रियालाई अघि बढाउने गरी तयारी अघि बढाएको छ । कमिटीमा आईसिसीका तीन जना प्रतिनिधि रहनेछन् भने राखेप र निर्वा्चित क्यानबाट १–१ जना प्रतिनिधि रहनेछन् । मनिटरिङ कमिटीमा रहेका ब्यक्तिले निर्वाचनमा भने भाग लिन पाउने छैनन् ।


आईसिसी उपाध्यक्ष ख्वाजाले एकसाता भित्रनै मनिटरिङ कमिटी बनाएर अघि बढने गरी तयारी गरेको सदस्य सचिव विष्टले जानकारी दिए । बैठकमा आईसिसीले एक साताभित्र कमिटीमा रहने ब्यक्तिको नाम सिफारिस गर्न राखेप र निर्वाचित क्यानलाई आग्रह गरेको छ ।

विशेष