मुख्य समाचार

देउवा सरकारको अर्को निर्णय, नेशनल ट्रेडिङ खारेज, शहिद घोषणा

देउवा सरकारको अर्को निर्णय, नेशनल ट्रेडिङ खारेज, शहिद घोषणा


काठमाडौं । सरकारले निरन्तर घाटामा गएको नेशनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घाटामा गएर डुबेको नेशनल ट्रेडिङ लिमिटेलाई खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उसको चलअचल सबै सम्पत्ति राज्यको मातहतमा ल्याउने निर्णय गरेको छ ।

सोमबार नै बसेको बैठकले शिवम सिमेन्ट र अन्य तीन जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको जानकारी सञ्चारमन्त्री मोहनकुमार बस्नेतले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको छ ।

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भने, मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ । उनका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा तोकिएको छ ।

 बैठकले अनलाइन सञ्चालन निर्देशिका दोस्रो संशोधनलाई स्वीकृत गरेको छ। बैठकले राष्ट्रिय यातायात व्यवसायी महासंघको विधान पाँचौ पटक संशोधन गर्ने निर्णय पनि गरेको मन्त्री बस्नेतले बैठकपछि जानकारी दिए । त्यस्तै शसस्त्र द्वन्द्वमा मारिएका दाङका ६ जनालाई शहिद घोषणा गरेको छ । 

विशेष