स्वास्थ्य

शरीर जाँच्ने मेशिनले ज्यानै लिएपछि...

शरीर जाँच्ने  मेशिनले ज्यानै लिएपछि...

भारत । भारतको प्रख्यात शहर मुम्बईमा एउटा शरीर जाँच्ने MRI मेशिनले मानिसको ज्यानै लिएको घटना सार्वजनिक भएको छ ।

मुम्बई प्रहरीलाई उद्धित गर्दै बीबीसीले जनाए अनुसार मध्य  मुुम्बईको एक सरकारी अस्पतालमा यो घटना भएको हो ।MRI मेशिनमा शरीर जाँचका लागि राखिएका राजेश मारुको अत्याधिक अक्सिजन प्रवाहका कारण मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । 

घटनापछि राजेशका आफन्तहरुले उपचारमा संलग्न एक चिकित्सक,वार्ड बोइ तथा महिला क्लिनरको विरुद्धमा मुद्दा दायर भएको छ । समाचारमा जनाइएअनुसार राजेश एक आफन्तको साथमा एमआरआई स्केन गर्नको लागि अस्पताल गएका थिए ।

डाक्टरको निर्देशन अनुसार स्क्यानका लागि ति बिरामीलाई MRI रुम लगिएको थियो त्याहाँ अक्सिजनको सिलिण्डर लिक रहेको र अत्याधिक अक्सिजन प्रवाहका कारण मृत्यु भएको  प्रहरीको भनाई छ ।

अक्सिजन सिलिण्डर नियतवश लिक गराइएको हो या भैपरी आउने घटना हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विशेष