मुख्य समाचार

बलात्कारका आरोपीलाई उन्मुक्ति, इन्सपेक्टर थुनामा, डीएसपीसँग बयान

बलात्कारका आरोपीलाई उन्मुक्ति, इन्सपेक्टर थुनामा, डीएसपीसँग बयान


काठमाडौं । सामुहिक बलात्कारमा परेकी युवतीलाइ रहस्यमय तवरले गायब गरिएको छ।


सुदूरपश्चिम घर भई हाल ललितपुरमा बस्दै आएकी एउटी युवती सामुहिक बलात्कारमा परेकी थिइन्।


दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा गत बिहीबार प्रेमीसहित पुगेकी ती युवतीलाइ अन्य तीन केटाले रातभर बलात्कार गरेका थिए।


बिहान तिनीहरुबाट फुत्किएर ती युवती सोझै प्रहरीकहाँ उजुरी गर्न पुगेकी थिइन्। महानगरीय प्रहरी वृत्त, दरबारमार्गले उनको उजुरी दर्ता गर्न आनाकानि मात्रै गरेन, इन्कार नै गर्यो।

उच्च धनाढ्य परिवारका छोराहरुले बलात्कार गरेको बुझिनासाथ प्रहरी इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीले उजुरी दर्ता नगर्न, थामथुम पारेर मिलाउन र केसलाइ सामसुम पारिदिन पूरै कसरत गरे।

“उजुरी गरेर के गर्छ्यौ ? मुद्दामामिला भनेको झमेलैझमेला मात्र हो। झमेलाले झन् उल्टै टेन्सन मात्रै दिने हो। मुद्दामामिलाबाट केही हातलाग्दैन। बरु उल्टै आफ्नो इज्जत–प्रतिष्ठामै असर पर्छ। केसलाइ मिलाउनेतिर जाउँ। रु २० लाखको पसल खडा गरिदिन्छन् र अर्को ३० लाख नगदै दिन्छन् । नभए, एकमुष्ठ ५० लाख लिएपनि भयो । उस्का अभिभावकहरुलाइ बोलाएर ५० लाख अहिल्यै दिलाइदिन्छु।’ भनेर ती इन्स्पेक्टरले मलाइ सम्झाउने, बुझाउने, फकाउने-फुल्याउने काम मात्र गरिरहे।” ती युवतीले आफन्तहरुसँग गुनासो पोखेकी थिइन्।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी अधिकृतहरु नै सोझै अपराधीको पक्षमा उभिएको यथार्थ जब बाहिर प्रकाशमा आयो, तबमात्र प्रहरी हेडक्वार्टरले चासो राख्यो। महानगरीय प्रहरी परिसरले हिजो सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीलाइ गणमै थुनामा राखिएको छभने डीएसपी तीलक भारतीसँग अहिले बयान लिईंदै छ।

तर, यता ती बलात्कृत युवतीलाइ गायब गरिसकिएको छ। तिनको मोवाइल पनि स्विच–अफ छ।

विशेष