आजको ग्रहणबाट ४ राशिको भाग्य चम्किँदै (ज्योतिष विहंगमराजको वैदिक ब्याख्या)
कहिलेसम्म पर्छ असर ? ग्रहणको असरबाट बच्ने उपायसहित
काठमाडौं । आज माघ १७ गते । बुधबार चन्द्र ग्रहण । यही प्रकृतिको चन्द्रग्रहण १ सय ५२ वर्षपछि लाग्दैछ । हरेक ग्रहणको प्रभाव पृथ्वीमा रहेका मानवजातिमा पनि पर्छ । यसपटकको चन्द्रग्रहणको अवधिमा पनि सूर्य र चन्द्रमाको बीचमा नकारात्क ईनर्जी आउँछ । त्यसले नै पृथ्वीमा रहेको मानवजातिमा प्रभाव पार्ने हो ।
यसको धार्मिक तथा ऐतिहासिक कारणलाई हेर्दा परापूर्वकालमा भगवान विष्णुले समुन्द्र मन्थन गरी निकालेको अमृत शोरभानु नामको दैत्यलाई पनि ग्रहण गर्न दिनुभयो । यस्तो कुरा सूर्य र चन्द्रमालाई चित्त बुझेन । उनीहरुले भगवान विष्णुको कामप्रति आपत्ति जनाए ।
सूर्य र चन्द्रमाले आपत्ति जनाएपछि विष्णुले आफ्नो सुदर्शनचर्क चलाएर शोरभानु दैत्यको टाउको तत्कालै काटिदिनुभयो । दैत्य शोरभानुको टाउकाको भाग राहू र तल्लो भाग केतु बन्यो ।
यद्यपि दैत्यले भगवान विष्णुसँग क्षमा माग्यो । तर सूर्य र चन्द्रमासँग क्रुद्ध भएर ‘बारम्बार बदला लिनेछु’ भनेर घोषणा गर्यो । सोही अनुरुप आजसम्म पनि पृथ्वीमा सूर्य ग्रहण र चन्द्र ग्रहण लाग्दैआएको विश्वास छ ।
आजको ग्रहणको प्रभाव पछिसम्म रहने भएकाले र हानिकारक भएकाले यसअघिका ग्रहण भन्दा भिन्न छ । ग्रहण अवधिमा खाना खाएमा, गलत क्रियाकलाप गरेमा, अन्य किसिमका गतिविधि गरेमा त्यसको असर ६ महिनासम्म रहन्छ । ग्रहणको अवधिमा खाना खाएमा नकारात्मक किसिमका ब्याक्टेरिया पनि पैदा हुनसक्ने भएकाले यस अवधिमा चनाखो भएर खाना खानु हुँदैन । यदी खाएमा त्यसको असर ६ महिनासम्म त्यसले हानि गर्नसक्छ ।
कसरी शतर्क हुने ?
सामान्यतः ग्रहण अवधिमा हाम्रो मस्तिष्कमा नकारात्मक बिचार पैदा हुन पनि सक्छ । तर यस अवधिमा केही गर्नै नहुने काम छन् । जस्तैः नखाने । नकारात्मक सोच मनमा आउन नदिने । सम्पत्ति कारोवार नगर्ने । कपडा नच्यात्ने, नकिन्ने, नसिलाउने ।
बरु ध्यान, योग साधना गर्ने । मन्त्रोच्चारण गर्ने । सद्गुरुको निकट रहने । यज्ञ, अनुष्ठान, पूजा गर्नुपर्छ । जसले गर्दा मनमा सकारात्मक सोच पैदा हुनसक्छ । जसले सकारात्मक उर्जा मिल्छ । साथै यस अवधिमा सिद्ध व्यक्तिको निकट रहन पनि सकिन्छ ।
ग्रहणको अवधि
आज खग्रास चन्द्र ग्रहणले समात्ने अवधि साँझ ६ बजेर ३६ दमिनेटेखि ८ बजेर ५७ मिनेटसम्म हो । सो अवधिमा अलि बढी नै शतर्क रहनुपर्छ । अन्यथा अनर्थ नभए पनि ग्रहण अवधिभर शतर्क रहनुपर्छ ।
ग्रहणको लाभ कुन–कुन् राशिलाई ?
आजको ग्रहण मानवजातिका लागि लाभदायक नभए पनि केही राशिका लागि भने भाग्यउदयको योग छ । वृष राशि, कुम्भ राशि, तुला र कन्या राशिका लागि आजको चन्द्र ग्रहण अति लाभदायक मानिन्छ ।
माथि उल्लिखित राशिका मानिसलाई यसको सकारात्मक लाभ ६ महिनासम्म मिल्छ । उनीहरुका लागि भाग्योदयको योगको रुपमा यसपटकको चन्द्र ग्रहण लागेको छ । अन्य राशिका लागि भने मिश्रित फल पर्ने देखिन्छ ।
नकारात्मक असर
कर्कट राशि र अश्लेषा नक्षत्र हुनेहरुका लागि भने यो ग्रहण हानिकारक मानिएको छ । यो ग्रहणको फल नराम्रो पर्ने भएकाले कर्कट राशि र अश्लेषा नक्षेत्र हुने मानिसहरु यस अवधिमा लामो् यात्रा तय नगर्नु नै उचित हुन्छ ।
सुधार्ने उपाय
कर्कट राशि तथा अश्लेषा नक्षत्र भएकाहरुले गलत फललाई सुधार्न पनि केही उपाय अपनाउन सक्नेछन् । यस अवधिमा सम्पत्तिको कारोवार नगर्ने, कपडा किन्ने, च्यात्ने जस्ता काम नगर्ने । साथै सावुन प्रयोग गरेर नुहाउनु पनि हुँदैन । बरु चिसो पानिले मात्रै नुहाउने ।
साथै सद्व्यक्तिको निकट रहने । महाशक्ति जागृत गर्ने, गुरुहरुको सन्निकट रहने । सुद्धोच्चारण गर्ने, ध्यान, पूजा, मन्त्रोच्चारण, शिवजीको महामन्त्र उच्चारण, साधना, यज्ञ, अनुष्ठान गर्दा ग्रहणको कुप्रभावबाट बच्न सकिन्छ ।
(ज्योतिष पण्डित दशमहाविद्यासाधक विहंगमराज तिमल्सिना)
फोन : ९८४१३१४१२०, पोखरा