खेल

नेपाललाई पहिलो अभ्यासमा सफलता

नेपाललाई पहिलो अभ्यासमा सफलता

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन २ तयारी अन्तगर्त संयुक्त अरब इमिरेट्सको ‘ए’ टोलीसँगको खेलमा नेपाल २५ रनले विजयी भएको छ ।
नेपालले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएई ‘ए’ २ सय २१ रनमा अलआउट हुन पुग्यो ।

 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४, पारस खड्काले ३ तथा करण केसी र ललित राजबंशीले एक,एक विकेट लिए । युएई ‘ए’ का लागि नेइल लोबोले ५१ र चिराग सुरीले ४५ रन बनाएका थिए ।

 

यसअघि, टस जितेर पहिले व्याटिङ गरेको नेपाल खेल सकिँन ३ बल बाँकी हुँदा २ सय ४६ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनर दिलिप नाथले ६१ रन बनाए भने रोहितकुमार पौडेलले ४३ रनको योगदान दिए ।

 

नेपालका लागि करण केसीले ३५, अनिल साहले ३१, बसन्त रेग्मीले २१, कप्तान पारस खड्काले २० र ज्ञानेन्द्र मल्लले १८ रन बनाए । नेपाली टोली युएइमा अन्य २ वटा अभ्यास खेल खेलेर डिभिजन २ का लागि उतैबाट नामिबिया जानेछन् ।

विशेष