मनोरञ्जन

यी दुर्इ नायिका ४२ वर्षसम्म सिंगल, कारण यस्ताे

यी दुर्इ नायिका ४२ वर्षसम्म सिंगल, कारण यस्ताे

मुम्बई । मिस युनिभर्स बिजेता बलिउड अभिनेत्री सुष्मिता सेन ४२ बर्षकी भएकी छन् ।

थुप्रै चलचित्रमा अभिनय गरेकी सेनले अभिनयबाट खासै नाम कमाउन सकिनन् । सुष्मिता अहिले पनि सिंगल छिन् । तर उनले अहिले दुई बालिकालाई पालिरहेकी छन् । सन् २००० मा उनले पहिलो र २०१० अर्को बालिका घर भित्र्याएकी थिइन् । पहिलो १८ बर्षकी भएकी छन्, भने अर्की ७ लागेकी छिन् ।

सुष्मिताको निर्देशक विक्रम भट्टका साथ अफेयर पनि चलेको थियो । बिक्रमले केही पहिले एक अन्तर्वातामा भनेका थिए ‘मेरो एक समय सुष्मिताका साथ अफेयर थियो, त्यतिबेला उनी २० देखि २७ बर्षकी थिइन् । सुष्मिताको अर्को अफियर रणदीप हुड्डासँग पनि चलेको पाइन्छ ।

अर्की बलिउड अभिनेत्री नगमा पनि ४२ पुगेकी छन् । अहिलेसम्म सिंगल रहेकी नगमाले चलचित्र ‘बागी’बाट बलिउड डेब्यु गरेकी हुन् । यसको अलवा उनले ‘सनम बेवफ’, ‘पुलिस और मुजरिम’, ‘किंग अंकल’, ‘सुहाग’, ‘एक रिस्ता’ लगायत दर्जनौ चलचित्रमा काम गरेकी छन् । २००७ मा उनको पछिल्लो चलचित्र सार्वजनिक भएको थियो ।

विशेष