मुख्य समाचार

नेपाली सेना इतिहासदेखि वर्तमानसम्म फोटो प्रदर्शनी हुने, सर्वसाधारणका लागि पनि खुल्ला

नेपाली सेना इतिहासदेखि वर्तमानसम्म फोटो प्रदर्शनी हुने, सर्वसाधारणका लागि पनि खुल्ला

काठमाडौं । सेनाले फोटो प्रदर्शनी गर्ने भएको छ ।


महाशिवरात्री तथा सेना दिवस २०७४ को उपलक्ष्यमा जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वयमा नेपाली सेनाले माघ २५ देखि २७ गतेसम्म जङ्गी अड्डा परिसरमा (आर्मी अफिसर्स क्लबसँगै) ‘नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म’ फोटो तथा अन्य विविध प्रदर्शनीको आयोजना गर्न लागेको छ ।


प्रथम पटक आयोजना गर्न लागिएको उक्त बृहत प्रदर्शनी सर्वसाधारणको लागि समेत खुल्ला गरी प्रवेश निःशुल्क गरिएको र प्रदर्शनीको समय २०७४ माघ २५ गते १ बजेदेखि ४ बजेसम्म र माघ २६ र २७ गते १० बजेदेखि ४ बजे सम्म तोकिएको छ ।


उक्त बृहत प्रदर्शनीमा फोटो प्रदर्शनीको अतिरिक्त नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायतको प्रदर्शनी गरिने व्यवस्था समेत मिलाईएको छ ।


उक्त प्रदर्शनीमा नागरिक(सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै उक्त प्रदर्शनी सर्वसाधारण व्यक्तिको लागि रोचक र ज्ञानवर्धक हुने विश्वास नेपाली सेनाले लिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख छ ।

 

विशेष