समाज

पाँच हजार सामाजिक परिचालकको जागिर गयो, आन्दोलन गर्ने चेतावनी

पाँच हजार सामाजिक परिचालकको जागिर गयो, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । देशभरका सामाजिक परिचालकहरु जागिरबाट विदा हुनुपर्ने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जुलाई २००८ बाट सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) समाप्त भएसँगै सामाजिक परिचालकहरुले विदा लिनुपर्ने भएको हो ।

स्थानीय निकायमा जनप्रतिनिधि नभएकोले मन्त्रालयले यो कार्यक्रम स।चालन गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आइसकेका कारण यही पुस १३ गतेको राज्यमन्त्री स्तरीय निर्णय अनुसार यही पुस १७ गतेबाट कार्यक्रम समाप्त भएको हो ।

कार्यक्रम समाप्त भएपछि सामाजिक रुपान्तरण, स्थानीय सुशासन तथा स्थानीय सेवा सुदृढिकरणमा काम गरिरहेका करिब पाँच हजार सामाजिक परिचालकहरु बेरोजगार हुने भएका हुन् । बेरोजगार हुने भएपछि देशभरका परिचालकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विशेष