मनोरञ्जन

यी बोल्ड हलिउड अभिनेत्रीलाई ‘किस’कै सास्ती

यी बोल्ड हलिउड अभिनेत्रीलाई ‘किस’कै सास्ती

एजेन्सी । हलिउड होस् या बलिउड फिल्म इन्डस्ट्रीमा अन्तरङ्ग सम्बन्धको दृश्य साधारण कुरा भइसकेको छ । अन्तरङ्गी दृश्य दिन नायक, नायिका बिनाहिच्किहाट तयार हुन्छन् । अझ यस्तो दृश्य दिन नयाँ अभिनेत्रीहरू निकै उत्साहित देखिएका छन् । उनीहरू रातारात चर्चाको शिखरमा पुग्न चाहन्छन् र यस्तै दृश्य दिएर छिटो सफलताको शिखर चुम्न चाहन्छन् । 

तर, अन्तरङ्ग दृश्य पटक–पटक दिएकी हलिउडकी चर्चित अभिनेत्री मारियन कोटियार्डले हालैको एक घटनाले भने आफूलाई निकै असहज भएको सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । मारियनले आफूलाई फिल्म ‘एलाइड’को सुटिङ गर्ने क्रममा अभिनेता ब्राट पिटसँग ‘किसिङ सिन’ दिँदा निकै असहज भएको बताएकी हुन् ।

कारमा सुट गरिएको उक्त किसिङ सिन दिँदा आफूलाई अप्ठ्यारो भएर थुप्रैपटक टेक दिनुपरेको खुलासा उनले गरेकी छिन् । साथै मारियनले उक्त अन्तरङ्ग दृश्य दिनुअघि निकैपटक रिहर्सल गरेको पनि स्वीकार गरेकी छिन् ।

अभिनेत्री मारियनले यो फिल्मअघि पनि निकै अन्य फिल्ममा बोल्ड र अन्तरङ्गका दृश्य दिइसकेकी छिन् । तर, यसपटक यस्तो दृश्य दिँदा उनलाई किन र कसरी असहज महसुस भयो आफैँलाई प्रश्न गरेकी छिन् । अहिले पनि ब्राड पिटसँग सुट गरिएको चुम्बनको दृश्यलाई मारियनले भुल्न चाहेर पनि भुल्न सकिरहेकी छैनन् । 

‘एलाइड’ फिल्मको एक दृश्यमा अभिनेता ब्राड र अभिनेत्री मारियन कारमा सँगै थिए । त्यही बेला आएको बालुवाको आँधीबाट बच्न बाध्यतावश उनीहरू समीप हुनुप¥यो । दुवै एक–अर्कामा टाँसिँदा किसिङ सिनको सुटिङ गरिएको थियो । ब्राडले उक्त भूमिका सफताका साथ निभाए पनि मारियनलाई भने उक्त सीन दिन असहज भएको थियो । परिणाम, मारियनले थुप्रैपटक टेक खानुपरेको थियो । यो अन्तरङ्गको सिन ओके भएपछि मारियनले आफूले गरेको यो असहज महसुसलाई कहिल्यै नबिर्सने बताएकी छिन् । जुन अहिले विश्व सिने जगत्मा नै चर्चाको विषय बनेको छ ।

विशेष