समाज

शीतलहरका कारण विद्यालय बन्द

शीतलहरका कारण विद्यालय बन्द

कपिलवस्तु । लगातारको शीतलहरका कारण बढ्दै गएको चिसोका कारण कपिलवस्तुका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बन्द गरिएको छ।

अर्धवार्षिक परीक्षा सम्पन्न गरी शैक्षिक क्यालेन्डर अनुसार नै जाडो बिदा दिइएको तौलिहवा स्रोत केन्द्रका स्रोत व्यक्ति ईश्वरचन्द्र गुप्ताले बताए। वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने आइतबारबाट विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक खिमबहादुर जिसीले जानकारी दिए।

अधिक चिसो भएका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न हुने भएकाले जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालय बन्द भएको विद्यालय निरीक्षक जिसीले बताए।

विशेष