अस्थायी राजधानीबारे निर्णय भएकाे छैनः प्रधानमन्त्री कार्यालय
काठमाडाैं । प्रदेशहरुको अस्थायी राजधानीबारे कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारले बुधबार बिज्ञप्ती जारी गरेर अस्थायी राजधानी नतोकिएको प्रष्ट पारेको हो।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरि पन्थीले बुधबार बिज्ञप्ती जारी गर्दै अस्थायी राजधानीबारे कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेको गरेका छन्। केही सञ्चार माध्यममा सातवटै प्रदेशके राजधानी तोकिसकिएको भनेर समाचार भएको र सोही आधारमा कतिपय जिल्लामा आन्दोलन समेत सुरु भएपछि कार्यालयले प्रष्ट पारेके हाे ।
प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र पौडेल संयोजकत्वको समितिले सातै वटा प्रदेशको अस्थायी राजधानीबारे मंगलबार प्रतिवेदन दिएको थियो। तर सोही आधारमा नभई थप छलफलपछि अस्थायी राजधानी तोकिने सरकारले जनाएको छ । सरकारले अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक बोलाएको छ। विस्तृत छलफलपछि मात्र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ ।