खेल

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुल विजयी हुँदा आर्सनल भने पराजित भएको छ । खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो । खेलमा स्वान्सी सिटीलाई विजयी गराउन स्याम क्लुकासले दुई तथा जोर्डन आयुले एक गोल गरे ।

 

आर्सनलका नाचो मोन्रियालले सुरुआती गोल गरेका थिए । मंगलबारै राति भएको अर्को खेलमा लिभरपुलले हडर्स्फिल्ड टाउनलाई ३–० ले हरायो । लिभरपुलका एम्रे च्यान, रोबर्टो फर्मिनो र मोहम्मद सालाहले एकरएक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा वेस्ट ह्याम युनाटेड र क्रिस्टल प्यालेसले एक–एक गोलको बराबरी खेलेका छन् ।

 

इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति ७ खेल हुनेछन् । शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेस्ट ब्रोमसँग खेल्दा टोटनह्याम हट्सपर र म्यानचेस्टर युनाइटेड भिड्नेछन् । यसैगरी, चेल्सीले बर्नमाउथको सामना गर्दा एभर्टनले लेस्टर सिटीसँग खेल्नेछ ।

विशेष