मनोरञ्जन

दुई सय फ्यानको रगतले बाँचेको हुँ’

दुई सय फ्यानको रगतले बाँचेको हुँ’

एजेन्सी । बलिउडका सदवाहार नायक ७५ वर्षीय अभिताभ बच्चनको कलेजो २५ प्रतिशत मात्र बाँकी रहेको उनले खुलासा गरेका छन् ।

सबै प्रकारका अभियन क्षमता भएका उनी आज पनि उत्तिकै लोकप्रिय छन् र उनको सक्रियता उहिले पनि कुनै नौ जवानको भन्दा कम छैन ।

अभिताभ बाहिरबाट हेर्दा जति तन्दरुस्त देखिन्छन् उनको शरीरको स्वास्थ्य अवस्था भने बाहिरबाट हेरे जस्तो छैन । केही दिन अघि बम्बैमा आयोजित एक कार्यक्रममा उनले आफ्नो स्वास्थ्यबारे यस्तो खुलासा गरेका हुन् ।

उनले सुनाए, सान १०८२ मा फिल्म ‘कुल्ली’ को सुटिङ गर्ने क्रममा एक्सन सिनमा घाइते भएँ, त्यती बेला मलाई बचाउन धेरै मानिसको रगतको आवश्यकता पर्यो । दुई सय मानिसले दिएको रतगले म बाच्न सफल भए ।’

सबै दर्शकलाई स्तब्ध पार्दे उनले भने, ‘त्यति बेला मलाई बचाउन रगत दिने एक जनाको रगतमा ‘हेपटाइटिस बी’ रहेछ । त्यति बेला त्यो कुरा जानकारी भएन, जब २००५ मा सामान्य बिरामी भएका बेला रगत जाचाउँन गए त्यति बेलामात्र उक्त कुरा पत्ता लाग्यो । त्यो भाइरसले मेरो कलेजो ७५ प्रतिशत खाइसेको रहेछ । आज म २५ प्रतिशत कलेजोको भरमा तपाइँहरु सामु छु ।’

पटक पटक ठूला ठूला स्वास्थ्य समस्यासँग जुँध्दै आएको उनको हाउभाउ, लबाइ र सक्रियता भने जवान जत्तिकै छ । तर, शरीर भने बाहिरबाट हेरे जस्तो स्वस्थ्य छैन ।

विशेष