स्वास्थ्य

डा. उपेन्द्र देवकोटाको अस्पताल नै ठगीमा प्रहरी दायर गर्यो मुद्दा

डा. उपेन्द्र देवकोटाको अस्पताल नै ठगीमा प्रहरी दायर गर्यो मुद्दा

काठमाडौं । बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालविरुद्ध ठगीअन्तर्गत मंगलबार मुद्दा दायर गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार पहिलो चरणमा दुई अस्पतालविरुद्ध मुद्दा दायर गरिएको छ । आपूर्ति विभागले उपत्यकाका अस्पतालले उपचारका नाममा ठगी गरेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार प्रहरीमा पत्राचार गरेको थियो ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल, ग्वार्कोस्थित बीएन्डबी अस्पताल, बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल र बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज न्युरो विरुद्ध मुद्दा दायर गर्न प्रहरीलाई पत्र पठाइएको थियो । आजको अन्नपूर्णमा खबर छ ।

विशेष