देश

काठमाडौंमा अत्याधिक चिसो, वर्षकै सबैभन्दा कम तामपक्रम आज

काठमाडौंमा अत्याधिक चिसो, वर्षकै सबैभन्दा कम तामपक्रम आज


काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम बुधबार यस वर्षकै कम भएको मौसमविदले बताएका छन् । बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलभ २ डिग्री सेल्सियसमा झरेको मौसमविद विभूति पोख्रेलले बताए ।

यसअघि पुस १ गते २ दशमलव ८ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम त्यसयता भने बढ्दै गएको थियो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद पोख्रेलको भनाई छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ८ डिग्रीमा झरेको छ । गएको वर्ष यो समयमा माइनस ३ दशमलव ६ डिग्री रहेको जुम्लाको तापक्रम मंगलबार माइनस् ५ दशमलव ८ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै जोमसोमको मंगलबारको न्यूनतम तापक्रम माइनस २ दशमलव २ र जीरीको माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै देशभरि नै चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभावले बुधबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदको अनुमान छ ।

विशेष