खेल

रुक्मशम्शेर नेतृत्वको ओलम्पिक कमिटी वैधानिक

रुक्मशम्शेर नेतृत्वको ओलम्पिक कमिटी वैधानिक

काठमाडौँ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो ।

अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा पनि मान्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दाको सुनुवाइपछि अदालतले मान्य दिन अस्वीकार गर्दै सो मुद्दा नै खारेज गरेको छ ।

अदालतले यसअघि नै रुक्मशम्शेर राणाले नेतृत्व गरेको ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिने फैसला सुनाएको थियो । त्यसका विरुद्धमा श्रेष्ठ अदालतमा गएका थिए।

विशेष