मुख्य समाचार

सर्वदलीय बैठक बालुवाटरमा सुरु, ओली गएनन्

सर्वदलीय बैठक बालुवाटरमा सुरु, ओली गएनन्

काठमाडौं । राजनीतिक गतिरोध चिर्ने प्रयासस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पहिलो पटक आव्हान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा दलिय सहमति खोजिने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

बैठकमा अन्य राजनीतिक विषयमा पनि छलफल हुने परियारले बताए। सर्वदलीय बैठकपछि आजै बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेशको अस्थायी राजधानी र प्रमुखबारे निर्णय गर्ने संभावना छ।

बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेता बैठक सहभागि छन् ।

बैठकमा प्रधानमन्त्रि देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता विजयकुमार गच्छदार, नेपाली का‌ग्रेसका महामन्त्री शशा‌क कोइराला, एमाले नेता भिम रावललगायतको उपस्थिती छ। अस्वस्थताका कारण एमाले अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी छैनन्।

विशेष