मनोरञ्जन

फिल्म फ्लप भएको खण्डमा वितरकलाई आफ्नै बगलीबाट पैसा दिन्थे रजनीकान्त

फिल्म फ्लप भएको खण्डमा वितरकलाई आफ्नै बगलीबाट पैसा दिन्थे रजनीकान्त

एजेन्सी । दक्षिण भारतका सुपरस्टार रजनीकान्तले नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरिसकेका छन् । बस कन्डक्टरदेखि सुपरस्टारसम्मको यात्रा गरेका रजनीकान्तसँग अभिनयको अनुभव थिएन ।

तर, बस कन्डक्टर रहेका उनको टिकट काट्ने शैली देखेर एकजना निर्देशक यति धेरै प्रभावित भए की, उनलाई फिल्ममा मौका दिए । सामान्य र साधारण देखिने रजनीकान्त आफ्नो स्टाइल, पंक्चुवालिटी, सेन्स अफ ह्युमरकै कारण चर्चित भए ।

रजनीकान्तबारे एक खास कुरा यस्तो छ की, यदि उनको कुनै पनि फिल्म फ्लप भएमा उनी वितककर्तालाई आफ्नै बगलीबाट पैसा दिन्छन् । यतिमात्र होइन, उनले आफ्नो ६५ औं जन्मदिनको अवसरमा चेन्नाइका बाढी पीडितलाई १० करोड रुपैयाँ दान गरेका थिए ।

करोडौं सम्पत्तीको मालिक भएपनि उनी साधारण रहन मन पराउँछन् । ठूला ठूला समारोहमा पनि उनी प्रायः धोती र कुर्थामा नै पुगेका हुन्छन् । उनी धार्मिक व्यक्ति हुन् र समय समयमा मन्दिर पनि जान मन पराउँछन् ।

रजनीकान्त समयको एकदम पक्का छन् । फिल्म सुटिङको समयमा पनि उनी कहिल्यै कसैलाई पनि कुराउँदैनन् । सुटिङस्थलमा सबभन्दा पहिला उनी नै पुगेका हुन्छन् । कुनै पनि फिल्मको सुटिङमा आफ्नो शट भए या नभएपनि उनी आफ्नो को स्टारले सुट हेर्न पनि बस्ने गर्छन् ।

विशेष