मुख्य समाचार

केन्याबाट सात नेपाली चेलीको उद्दार

केन्याबाट सात नेपाली चेलीको उद्दार

काठमाडाै‌ं । भारतको पहलमा केन्याबाट सात नेपाली चेलीको उद्दार गरिएको छ । मानव बेचबिखनमा संलग्न दलालको जालोमा पुगेर अफ्रिकी मुलुक केन्या पुगेका सात नेपाली चेलीको भारतको पहलमा उद्दार भएको हो ।

भारतीय उच्च आयोगको पहलमा सात नेपालीसँगै तीन भारतीय युवतीको समेत उद्दार भएको छ । भारतीय उच्च आयोग र केन्या प्रहरीको संयुक्त अपरेसनबाट नेपाली र भारतीय गरी १० युवतीको उद्दार गरिएको हो । 

नैरोवीमा रहेको भारतीय हाइ कमिसन (उच्च आयोग)का अनुशार अहिले ती युवतीको सकुल उद्दार गरिएको छ । यसको पुष्टी भारतीय विदेशमन्त्री सुषमा स्वराजले समाजिक संजालमार्फत गरेकी छन् । भारतीय विदेशमन्त्री स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै भारतीय र नेपाली युवतीको उद्दार गरिएको बताएकी छन् ।

https://twitter.com/SushmaSwaraj/status/948764679605690368

 

विशेष