स्वास्थ्य

किस्ट मेडिकल कलेजद्वारा विद्यार्थीको भविष्यमाथि खेलबाड

किस्ट मेडिकल कलेजद्वारा विद्यार्थीको भविष्यमाथि खेलबाड

ललितपुर । इमाडोलस्थित किस्ट मेडिकल कलेजको एमबीबीएस चौथो वर्ष र बिडिएसको प्रवेश परीक्षा अवरुद्ध भएको छ। करिब एक महिनादेखि कलेजका कर्मचारी सेवासुविधा वृद्धिकाे माग राख्दै अान्दाेलित बनेपछि विद्यार्थी प्रवेश परीक्षाबाट बञ्चित बनेका हुन् ।

कर्मचारी आफूहरुले पाउँदै आएको सेवासुविधामा वृद्धि हुने पर्ने लगायत विभिन्न १५ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको २२ दिनसम्म पनि कलेज व्यवस्थापनले माग पूरा गर्न बेवास्ता गरेकाे छ । आन्दोलनका कारण कलेज अन्तर्गत अस्पतालको सेवा पनि ठप्पै छ।

आन्दोलनका कारण बिरामीले स्वास्थ्य सेवा लिन नपाइरहेका बेला विद्यार्थीको भविष्यमाथि समेत खेलबाड गरेको छ । तर, आन्दोलनरत कर्मचारीले भने आफ्नो माग पूरा नगरेका कारण आफूहरु आन्दोलन जारी राख्न बाध्य भएको बताइन्। अस्पताल व्यवस्थापन पक्षले वार्तासमेत गर्न चासो नदेखाएको उनीहरुको भनाइ छ।

विशेष