मनोरञ्जन

सैफको छोरी सारासँग सुनील शेट्टीका छोरा आहान रातिभरी एकै साथ

सैफको छोरी सारासँग सुनील शेट्टीका छोरा आहान रातिभरी एकै साथ

एजेन्सी । भारतमा कलाकारका छोरा–छोरी प्राय पार्टीको विषयलाई लिएर चर्चामा आउने गरेका हुन्छन् । उनीहरुका लागि रमाइलो गर्न र पार्टीमा जानु सामान्य कुरा हुने गरेको छ । 

प्राय धेरै पटक पार्टीमा देखिने गरेकी सैफ अली खानकी छोरी सारा अली खान एक पटक फेरि साथीसँग अवेर राती पार्टीमा गएको कुरा यतिबेला चर्चाको विषय बनेको छ ।

केहि दिन अघि मात्र विराट र अनुष्काको रिसेपशनमा देखिएकी सारा यस पटक आफ्नो भाई इबराहिम अली खान सँगै पार्टीमा गएकि थिइन ।

त्यती मात्र होइन यो पार्टीमा सुनील शेट्टीका छोरा आहान शेट्टी पनि देखिएका थिए । उनीहरुले पार्टीमा खुब रमाइलो गरेको चर्चाले यतिबेला ठाउँ पाएको छ । भनिएको छ आहान पनि छिट्टै फिल्ममा कदम राख्दैछन ।

 

विशेष