खेल

धनगढी प्रिमियर लिग चैतमा हुने

धनगढी प्रिमियर लिग चैतमा हुने

धनगढी । धनगढी प्रिमियर लिग डिपिएल आउँदो चैत १७ गते बाट शुरु हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीद्वारा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि खेलाडी छनोट कार्य लिलामी मार्फत् गरिने जानकारी गराईएको थियो । प्रतियोगितामा सहभागि हुने खेलाडीलाई अनुभवका आधारमा क, ख र ग समूहमा विभाजन गरिने छ ।

गत वर्षको प्रथम पुरस्कारमा १० लाख रुपैयाँ बढाउँदै यस वर्ष २५ लाख रुपैयाँ तय गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यसैगरी दोस्रो हुने क्लबले १० लाख, तेस्रो हुने क्लबले ३ लाख र चौथो हुने क्लबले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

म्यान अफ दि म्याचलाई १० हजार र प्लेएर अफ दि सिरिजलाई एउटा मोटरसाईकल प्रदान गरिने छ । यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका पूर्व खेलाडीलाई धनगढी सम्मान र राष्ट्रिय क्रिकेटमा योगदान पुर्याउने एक जनालाई अर्जुन खड्का स्मृति सम्मान प्रदान गरिने छ ।

दुवै सम्मानको राशि १ लाख रुपैयाँ रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । 

DPL

विशेष