मुख्य समाचार

आउने भयो प्रदिप पौडेलको पक्षमा फैसला, यसो भन्छ सर्वोच्च अदालत

आउने भयो प्रदिप पौडेलको पक्षमा फैसला, यसो भन्छ सर्वोच्च अदालत

काठमाडौँ  । सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश क मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज प्रदेश कमा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो ।

यसअघि पुस ७ गतेको सुनुवाइमा आजका संवैधानिक इजलासले निर्वाचन आयोग र उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा मतगणनाका क्रममा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो प्रदेशमा पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा विना विभागीय मन्त्री आशा कोइराला पाँच मतको अन्तरले विजयी हुनुभएको थियो ।

त्यसैगरी, धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले निर्वाचन आचार संहिताविपरीत धाँधलीपूर्ण तरिकाले निर्वाचनको दिन नै सञ्चारमाध्यममा प्रचार गराएको भन्ने मुद्दामा संवैधानिक इजलासले सञ्चारमाध्यममा प्रयोग भएको समाचार र विज्ञापन इजलासमा झिकाउन आदेश दिएको छ ।

यादवले धाँधलीपूर्ण तरिकाले मतदान भएको हुँदा सो क्षेत्रको निर्वाचन नै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो मुद्दाको सुनुवाइपछि आज यस्तो आदेश दिइएको हो । 

विशेष