खेल

एन्फाको अध्यक्षमा कृष्ण थापाको उम्मेदवारी

एन्फाको अध्यक्षमा कृष्ण थापाको उम्मेदवारी


काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तीन महिनापछि हुने एन्फाको निर्वाचनका लागि थापाले बुधबार पोखराबाट उम्मेदवारी घोषणा गरेका हुन् । एन्फाको प्राविधिक निर्देशकको समेत अनुभव बटुलिसकेका थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वरिष्ठ फुटबल प्रशिक्षकबाट दुई वर्षअघि अवकास पाएका थिए ।

सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका थापाले फुटबल विकासका लागि सातवटै प्रदेशमा फुटवल एकेडेमी आवश्यक रहेको बताएका छन् ।

अहिल एन्फाको जिल्ला संघहरुको निर्वाचन चलिरहेको छ । एन्फाले पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन सक्न जिल्ला संघहरुलाई निर्देशन दिएको थियो । १७ सदस्यीय कार्यसमितिका लागि चैत १४ गते एन्फाको निर्वाचन हुँदैछ ।

विशेष