स्वास्थ्य

यस्तो छ जाडोबाट बच्ने उत्तम उपाय

यस्तो छ जाडोबाट बच्ने उत्तम उपाय

एजेन्सी । जाडो याम सुरु भएसँगै मानिसको एउटै चिन्ता हुन्छ चिसोबाट कसरी बच्ने भनेर । कतिपयले जाडोबाट बच्ने यौटै उपायको रूपमा न्यानो वा बाक्लो कपडालार्इ अपनाउँछन् । बाक्ला-बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडोको महसूस भइरहको हुन्छ ।

यस्तोमा कपडाले मात्र केही गर्दैन, बरु यदि तपाइँ साँच्चिकै आफूलार्इ जाडो वा चिसोबाट बचाउन चाहनुहुन्छ भने यी पाँच चिजलार्इ आफ्नो रुटिनमा समावेश गर्नुहोस् ।

१ चिसोमा गरम खाना खानुहोस्

 जाडोमा तातो खाना खाँदा शरीरलार्इ फाइदा पुर्याउँछ भन्नेबारे त दुर्इमत नहोला । तातो खाना मात्र हैन, शरीरलार्इ भित्रैबाट गर्मी गराउने खालको खाना खानु लाभदायक हुन्छ । स्वादको लागि मात्र गरम खानेकुरा राम्रो नभर्इ भित्रैदेखि शरीरलार्इ चिसोबाट जोगाउने यो अचूक उपाय हो ।

२ अदुवाको प्रयोग गर्नुहोस्

 शरीरलार्इ गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवाको सेवन हो । यसले रुघाखोकी लगायतका चिसो वा ठण्डाबाट उब्जिने समस्याको समाधान सजिलै गर्दछ । त्यसकारण अदुवा चियामा हालेर होस् वा खानामा मसलाको रूपमा प्रयोग गरेर होस्, जुनसुकै तरिकाबाट यसको सेवन गर्नाले चिसोबाट बचाउँछ ।

३ शरीरमा तेल लगाउनुहोस्

 तेलको मालिस शरीरलार्इ गरम गराइराख्ने राम्रो तरिका हो । विशेष गरी तिलको तेल, जैतुनको तेल, तोरीको तेल, अरोमा तेल आदि तेल ज्यानमा मालिस गर्न राम्रो मानिन्छ । तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुको साथै शरीरलार्इ न्यानो बनाइराख्छ ।

४ घाम अवश्य ताप्नुहोस्

 घाममा भिटामिन डी पाइन्छ । जाडो याममा खासगरी ठण्डीको कारण शरीर अल्छी हुनजान्छ । घाम ताप्नाले शरीरमा स्फूर्ति आउनुको साथै चिसोबाट पनि बचाउन मद्दत गर्दछ ।

५ महको सेवन गर्नुहोस्

 जाडोमा मह खानु स्वास्थ्यको लागि धेरै फाइदाकारी छ । महमा आइरन पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

विशेष