स्वास्थ्य

मूलाको जुस खानुहोस् कोलेस्ट्रोल हटाउनुहोस्

मूलाको जुस खानुहोस् कोलेस्ट्रोल हटाउनुहोस्

एजेन्सी । मूला तरकारीका रुपमा मात्रै होइन यसलाई सलाद, अचार, चाना बनाएर पनि खाने गरिन्छ । स्वास्थ्यका लागि लाभदायक हुने भएकाले नै यसलाई विविध रुपमा सेवन गर्ने गरिएको हो । यसमा विशेष गरी प्रोटिन, भिटामीन, क्याल्सियम, आयोडिन, फोस्पोरस भरपुर मात्रामा पाइन्छ । जुन मानव स्वास्थ्यका लागि औषधि बराबर हुन्छ ।

जानौं मुलाका फाइदा

मुलाले मोटोपन कम गर्छ । यसको जुसमा थोरै मात्रामा कालो नुन र कागतीको रस मिसाएर पिउनाले केही दिनमै शरीरको तौल घटेको महशुस हुन्छ ।

मूलाले कलेजोलाई बलियो बनाउँछ । साथै पाचन सम्बन्धी जुनसुकै समस्या जस्तैं ग्यास्ट्रिक, कब्जियत, खाना अपच भएका मुला सेवन गरे राहत मिल्छ ।

मूलाको जुस पिउनाले कोलेस्ट्रोललाई कम गर्छ । साथै रक्तचापलाई पनि नियन्त्रणमा राख्छ । —मूलाले थकार्ई हटाउनुका साथै तनावलाई पनि कम गर्छ ।

मूलामा क्याल्सियम मिन्ड्स नामक तत्व हुने भएकाले दाँत, हड्डी बलियो बनाउन पनि मद्दत गर्छ ।

मधुमेहका रोगीले मूलाको रस पिउनाले पिसाबमा चिनीको मात्रा कम हुन्छ । पिसाब सम्बन्धी समस्या पनि हराएर जान्छ ।

मूलाले भोक जगाउँछ पेटमा भएका किटाणुलाई पनि मार्छ ।

मूलाको रसमा अनारको रस मिसाएर पिउनाले हेमोग्लोबिन बढाउँछ । जसले रगत सफा हुन्छ ।

मूलाको नियमित सेवनले सौन्दर्यमा निखार ल्याउँछ । छाला चाउरी पर्नबाट पनि यसले जोगाउँछ ।

हर्मोनको गडबडीले महिलाको महिनावारीमा हुने समस्यामा पनि मूला सेवनले राहत मिल्छ । साथै, मूलाको बिउको धुलो दिनमा एक चम्चा पानीसँग मिसाएर पिउनाले महिनाबारी सम्बन्धी समस्या समाधान हुन्छ ।

विशेष