खेल

खप्तड गोल्डकप धनगढीमा सुरु, विजेताले ११ लाख पाउने

खप्तड गोल्डकप धनगढीमा सुरु, विजेताले ११ लाख पाउने


काठमाडौं । मोफसलको सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि सुरु हुँदैछ । धनगढी रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघार र ए डिभिजन क्लब च्यासलबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो १ बजे सुरु हुने छ । प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही एघार, सुदूरपश्चिम एघार, धरान फुटबल क्लब, एपीएफ क्लब, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा रहेका छन् ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११, उपविजेताले पाँच लाख ५५ हजार ५५५ सहित ट्रफी पाउने छन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले १५-१५ हजारका दर नगद पाउने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाईकल पाउने छन् । प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुनेल खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन् ।

विशेष