मनोरञ्जन

डाक्टर गुलाटी काठमाडौंमा पशुपतिको गरे दर्शन

डाक्टर  गुलाटी काठमाडौंमा पशुपतिको गरे दर्शन


काठमाडौँ । डा महसुर गुलाटीको नामबाट चर्चित भारतीय कमेडियन ग्रोवर नेपाल आएका छन् । शुक्रवार साँझ राजधानीमा आयोजना हुने एक कार्यक्रमका लागि उनी नेपाल आएका हुन् ।

बिहिबार राजधानी काठमाडौँ उत्रिएका उनले हिजोनै पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका छन् । उनले पशुपतिमा एक बाबासँग उभिएको तस्विर आफ्नो आधिकारिक इन्स्टाग्राम मार्फत सार्वजनिक गरेको छन् ।

तस्बिरका साथ उनले आफु नेपाल भएको जानकारी दिएका छन् । उनले एक बाबासँग सार्वजनिक गरेको तस्बिरमा निधारमा रातो चन्दन र घाँटीमा रुद्राक्षको माला देख्न सकिन्छ ।

गजिनी, बागी, हिरोपन्थी, कफि विथ डी लगायतका बलिउड फिल्ममा समेत काम गरेका सुनिलले शुक्रवार काठमाडौंको एक पाँचतारे होटलमा आफ्नो कमेडीको जादू छर्ने छन् । उनीसँगै नेपाली कलाकारहरु गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्काले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

विशेष