खेल

किपरले बल र टाउको छुट्याउन नसकेपछि....

किपरले बल र टाउको छुट्याउन नसकेपछि....

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा वेष्ट ह्यामले लण्डन क्लब टोटनह्यामलाई १–१ को बराबरीमा रोकिएको छ । टोटनह्यामलाई बराबरीमा रोक्नुमा वेष्ट ह्यामका स्पेनिस गोलरक्षक एड्रिनको महत्वपूर्ण भूमिका रह्यो ।

एड्रिनको राम्रो प्रदर्शनका कारण म्यनचेस्टर सिटीबाट लोनमा गएका इंल्याण्डका जोय हार्टले वेष्ट ह्याममा हाफ्नो स्थान बनाउन संघर्ष गर्नु परिरहँदा बिहीबार रातिको खेलमा गोलरक्षक एड्रिनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समाते ।

वेम्बलीमा भएको खेलमा कर्नर किकको बल रोक्ने प्रयासमा रहेका एड्रिनले आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका हुन् । एड्रिनले बल ठानेर कोयाटेको टाउको समातेका थिए ।

विशेष