स्वास्थ्य

मोटोपना घटाउन चाहनुहुन्छ, खानुहोस् यी कुरा

मोटोपना घटाउन चाहनुहुन्छ, खानुहोस् यी कुरा

एजेन्सी । मोटोपना आजभोलि एक जटिल समस्या बन्दै गइरहेको छ । मानिसको तौल विभिन्न कारणले बढ्ने गर्दछ जसमा मुख्यतया खाना एवं जीवनशैली, धुम्रपान, थायराइड, मधुमेह जस्ता रोग, आनुवंशिक गुण तथा मेटाबोलिज्म जस्ता कारक तत्वहरू पर्दछन् ।

व्यायाम गरेर मात्र तौल घटाउन सकिंदैन । यसका लागि उपयुक्त आहार योजना पनि बनाउन जरूरी हुन्छ । कतिपय यस्ता खाद्यपदार्थहरू हुन्छन् जसलार्इ हाम्रो खानामा सामेल गर्दा मोटोपन कम गर्न प्रभावकारी हुन्छ । यी खानेकुराहरूको सेवनले छिटोछिटो भोक लाग्न कम हुने हुनाले बारम्बार खानेकुरा खाइरहनु नपर्ने हुन्छ र अनावश्यक तौल वृद्धि हुनबाट रोक्दछ ।

पनिर – पनिर प्रोटिनको राम्रो स्रोत हो जसले लामो समयसम्म भोक लाग्न दिंदैन । प्रति १०० ग्राम पनिरमा ३३८ क्यालोरी शक्ति पाइन्छ ।

अण्डा – हाम्रो शरीरलार्इ आवश्यक पर्ने लगभग सबैखाले भिटामिनहरू अण्डामा पाइन्छ । नास्ताको समयमा अण्डाको सेवनले लामो समयको लागि भोक मर्दछ, जसकारण तपाइँ चाहिनेभन्दा धेरै क्यालोरी सेवनबाट बच्न सक्नुहुन्छ ।

मुंगको दाल – यसमा क्याल्सियम, पोटासियम, आइरन र भिटामिन भरपूर मात्रामा पाइन्छ । यसले प्रतिरक्षा प्रणालीलार्इ बलियो बनाउँछ । वजन घटाउन चाहने जोसुकैले मुंगको सेवन गर्नुपर्दछ । एक कचौरा उमारिएको मुंगलार्इ सलादमा मिसाएर खाँदा स्वास्थ्य चुस्तदुरुस्त राख्न सकिन्छ । एक कप अंकुरित मुंगमा २६ क्यालोरी शक्ति हुन्छ । 

सुन्तला– भिटामिन सी र फाइबर प्रचुर मात्रामा पाइने कारण सुन्तला खाँदा वा यसको जुस पिउँदा तौल बढ्दैन । 

बेसार – नेपाल र भारतमा बेसारको प्रयोगबिना खानाकुरा अधुरो हुन्छ भन्दा फरक पर्दैन । यसमा पाइने ‘कर्क्यूमिन’ नामक तत्वले शरीरको तन्तुबाट बोसो घटाउँछ र वजन कम हुन्छ । एक चम्चा बेसारमा ८ क्यालोरी शक्ति हुन्छ । 

बदाम – बदाममा प्रोटिन, फोलिक एसिड, भिटामिन र्इ, फाइबर आदि पोषक तत्व हुन्छ जसले रगतमा सुगर वा चिनीको मात्रालार्इ सन्तुलित बनाइराख्न मद्दत गर्छ । एक दाना बदाममा सात क्यालोरी हुन्छ ।

विशेष