मनोरञ्जन

अक्षयको महत्वकांक्षी ‘प्रोजेक्ट’ केसरीकाे शूटिंग सुरू

अक्षयको महत्वकांक्षी ‘प्रोजेक्ट’ केसरीकाे शूटिंग सुरू

एजेन्सी । भारतीय कलाकार अक्षयकुमारले ‘केसरी’ को शूटिंग सुरु भएको जानकारी दिएका छन् । भारतका चर्चित नायक अक्षय कुमारले केही फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै ‘केसरी’ को शूटिंग गरेको जान्कारी दिएका हुन् ।

अक्षयले केसरीको रंग सहितको फोटो सार्वजनिक गरेका छन् । हुन त भारतमा कलाकारले नयाँ वर्षको सुरुवातसँगै धैरै फोटोहरु सार्वजनिक गरिरहेका छन् । तर, अक्ष्यको फोटो भने केहि खास रहेको भारतका सञ्चार माध्यम हरुले बताएका छन ।

अक्ष्य कुमारले फोटो सार्वजनिक गर्दै लेखेका छन ‘यो फोटो शेयर गर्दा असिमित गर्व र आभार व्यक्त गर्न चाहान्छु । नयाँ वर्ष २०१८ को शुरआत मा मेरो महत्वकांक्षी प्रोजेक्ट र फिल्म केसरी सुरु हुँदैछ । मलाई दर्शकको मायाँको खाँचो छ ।’

विशेष