मनोरञ्जन

एउटै फिल्मको लागि एश्वर्याले माग गरिन यति रकम !

एउटै फिल्मको लागि एश्वर्याले माग गरिन यति रकम !

एजेन्सी । एश्वर्या राय बच्चन एक सफल अनि रुचाएकी कलाकार हुन् । रायले खेलेका प्रायः फिल्मलाई दर्शकले खुव मन पराएको प्रतिक्रिया दिने गरेका छन् । 

लामो समय फिल्म क्षेत्र बाट टाढा रहेकी एश्वर्या पछिल्लो पटक ‘ये दिल हे मुश्किल’बाट फेरि उदाएकी हुन् । अब आउने नयाँ फिल्म १९६७ मा रिलीज भएको फिल्म ‘रात और दिन’मा को रिमेकमा बन्ने कुरा सार्वजनिक भएको छ ।

यस फिल्ममा रायलाई लिने चर्चा चलिरहेको छ । तर यो फिल्मको लागि रायले धेरै ठूलो रकम मागेको बताईएको छ । भारतका सञ्चार माध्यमका अनुसार यस फिल्मका लागि रायले १० करोडको माग गरेकी छिन् ।

अर्को अचम्मको कुरा के छ भन उनको माग जायज रहेको निर्माताले नै बताएका छन् । त्यसबाट रायलाई झनै सहज भएको र साथै फिल्मको लागि तयारी सुरु गरिएको बताईएको छ । यति बेला भने राय फिल्म ‘फन्ने खान’को शुटिंगमा व्यस्त रहेकी छिन् ।

 

विशेष