मनोरञ्जन

के रणभीर र दिपिकाले श्रीलंकामा इन्गेजमेन्ट गर्न लागेका हुन् ?

के रणभीर र दिपिकाले श्रीलंकामा इन्गेजमेन्ट गर्न लागेका हुन् ?

एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोण ३२ वर्ष हुन लागेकी छिन् । उनीले आफ्नो ३२ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरुलाई केही सर्पराइज दिन सक्ने बलिउड सञ्चारमाध्यमले जनाएको छ । यो सरप्राइज त्यस्तै हुन सक्छ जस्तो डिसेम्बरमा अनुश्का शर्मा र विराट कोह्लीले इटालीमा विवाह गरेर दिएका थिए ।

स्रोतले जनाएअनुसार, दिपिका पादुकोण यी दिनहरुमाआफ्नो प्रेमी रणभीर सिंहसँग श्रीलंकामा बिदा मनाइरहेकी छिन् । बलिउड मिडियाले जनाएअनुसार, दिपिकाको जन्मदिनको अवसरमा रणभीरले उनलाई इन्गेजमेन्ट रिंग पनि लगाइदिन सक्ने अनुमान पनि लगाएका छन् । यसबारेमा केही पनि औपचारिक घोषणा भने भइसकेको छैन । २०१८ मा कुनै पनि समयमा रणभीर र दिपिकाले विवाह गर्न सक्ने अनुमान पनि लगाइएको छ ।

रणभीर सिंह र दिपिका पादुकोण करिब पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन् । दुवैजना निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म गोलियो की रासलीला रामलीला (२०१३) को सुटिङमा हिमचिम बढेको थियो ।

विशेष