खेल

'गुहार माग्दै' दशरथ रंगशाला (फोटोफिचर)

विश्व रिमाल/चन्द्र रार्इ

'गुहार माग्दै' दशरथ रंगशाला (फोटोफिचर)

काठमाडौं । नेपालको एकमात्रै अन्तराष्ट्रिय रंगशाला अझै पनि दर्दनाक स्थितिमा छ । कुनै समय अन्तराष्ट्रिय तथा राष्ट्रिय खेल हुँदा भरिभराउ देखिने दशरथ रंगशाला २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि लथालिङ्ग अवस्थामा पुगेको हो ।

नेपाल सरकारले पुननिर्माणको लागि २ अर्ब रुपैयाँ दिने भनिएको २ वर्ष बितिसक्दा पनि रंगशालाको रुप केहि फेरिएको छैन । रंगशाला निर्माणका लागि इन्जिनियरको सर्भेले संरचना जटिल रहेको र परिवर्तन गरिनुपर्ने बताएपनि अहिलेसम्म केहि परिवर्तन भएको छैन ।

निकै समयपछि निर्माणको काम दशैं अगाडि सुरु गरिएपनि दशैं–तिहार जस्ता चाडले काम अघि बढ्न सकेन । फेरि इन्जिनियरबीच पनि छाना राख्ने र भत्काउने वाद–विवादले काम झनै अल्झियो । अहिले पनि जाडोको कारण काम गर्न निकै मुस्किल भएको र साथै व्यस्त सडक भएका कारण रंगशालाको बाहिरी संरचना भत्काउन नसकिएको पनि बताइएको छ ।

आउँदो सन् २०१९ को साउथ एसियन गेम दशरथ रंगशालामा आयोजना हुँदै छ । यद्यपि काम भने अझै सुरु हुन नसकेपछि उक्त आयोजनाको लागि पनि निकै मुस्किल देखिएको छ । साउथ एसियन खेलका लागि एक प्रतिनिधि ६ महिना अगाडि नै मैदानको चेक–जाँच गर्न आउने बताइएको छ । तर पुनःनिर्माणको काम अहिलेको गतिले भने उक्त समय अगाडिनै सम्पन्न हुनेमा भने शंका उत्पन्न भएको छ ।

त्यसोत कामको लागि कामदारको अभाव भएको पनि होइन । नेपाली मात्र नभई छिमेकी मुलुक भारत र बंगलादेशबाट पनि कामदार ल्याईएको छ । रंगशालाको संरचना पुनःनिर्माण सुरु भएको १५ देखि १७ महिनामा सम्पन्न गर्ने खाका भएपनि राष्ट्रिय खेलकुद परिषद् र सरकारको बेवास्था र असुविधाका कारण कामले भने गति लिन सकेको छैन ।

 

dasarath rangasala

विशेष