यस्तो छ दीपिकाको ‘फ्लाट टमी’ पछाडिको राज
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण उमेरले ३३ वर्ष भएकी छिन् । विभिन्न सुपरहिट फिल्म दिएकी दीपिका आफ्नो स्वास्थलाई लिएर निकै सचेत छिन् । उनको फ्लाट टमीको पछाडिको राज नै कडा वर्कआउट हो ।
उनी दैनिक रुपमा आm्नो वर्कआउट प्लानलाई अपनाउने गर्छिन् । दैनिक जिम जानु, एक्सरसाइज गर्नु, योगा, साइक्लिङ आदि उनको दैनिकीमा सामिल हुन्छन् ।
फिल्ममा आउनुभन्दा पहिला दीपिकाको अनुहारको रङ गोरो थिएन । स्कीन टिटमेन्ट गरेर उनले अनुहार गोरो बनाइन् । यसको लासि दीपिकाले एक्वा थेरापी लिएकी थिइन् । यसवाहेक उनले दैनिक रुपमा स्टीम बाथ र बडि मसाज पनि लिने गर्छिन् ।
दीपिका आफ्नो फिटनेसमा विशेष ध्यान दिने गर्छिन् । उनी दैनिक रुपमा एक्सरसाइज, योगा, साइक्लिङ, जगिङ गर्छिन् । यसवाहेक उनी स्कुबा डाइभिङ पनि गर्ने गर्छिन् ।