यस्ता छन् सुन्तलाले गर्ने फाइदा
जाडोयाममा फलफुलमध्यमा सुन्तला प्रिय मानिन्छ । के तपाइलाई थाहाछ हामीले खाने सुन्तलाले के कस्ता फाइदा हुन्छन् ? खाँदा रसिलो र मिठो लाग्ने सुन्तलाका फाइदाहरु यस्ता छन् ।
उच्च रक्तचाप — सुन्तलामा पाइने ‘हेस्परिडिन’भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ।
रोग प्रतिरोधात्मक क्षमता — सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो।
छालाको सुन्दरता — सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ।
कोलेस्टेरोल — सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ।
क्यान्सर — सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ। एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ। सुन्तलामा पाइने प्रसस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ।
स्वस्थ मुटु — सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग र्पुयाउँछ।
दृष्टि — सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवस्यक तत्व हो। यसले उमेरसँगै गुम्ने दृष्टि क्षमातालाई बचाउन मद्दत गर्छ।
कब्जियत — सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ।
सुन्तलाको फल मात्रै नभएर यसको बोक्रा पनि कतिपय पोषक तत्वले भरिपूर्ण हुन्छ। तसर्थ, अहिले सुन्तलाको मौसममा खाजाका रूपमा सुन्तला खानु र आफ्नो परिवारलाई खान प्रोत्साहन गर्नु स्वास्थ्यको दृष्टिकोणले आवश्यक छ।