खेल

अन्तिम ६ मिनेटमा दुर्इ गाेल गर्दै युनाइटेड अघिल्लाे चरणमा प्रवेश

अन्तिम ६ मिनेटमा दुर्इ गाेल गर्दै युनाइटेड अघिल्लाे चरणमा प्रवेश

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

एफए कपको तेस्रो चरण अन्तर्गत शुक्रबार राति डर्बी काउन्टीलाई २–० ले हराउँदै युनाइटेड अघिल्लो चरणमा प्रवेश गरेको हो । युनाइटेडलाई जित दिलाउन जेसी लिङ्गार्ड र रामेलु लुकाकुले गोल गरे ।

पहिलो हाफमा डर्बी काउन्टीले गोलरहित युनाइटेडलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफको अन्तिम ६ मिनेटमा युनाइटेडले दुई गोल गर्दै जित निकाल्न सफल भयो । खेलको ८४ औँ मिनेटमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यस्तै लुकाकुले ९० औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

 

Manchester United fa cup

विशेष