देश

विद्यालयमा शिक्षकले नै तालाबन्दी

विद्यालयमा शिक्षकले नै तालाबन्दी

बैतडी । जिल्लाको सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन् ।

१० महिनासम्म तलब नपाएको भन्दै निजी स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

निजी स्रोतका शिक्षकहरुले तलब समयमा दिनुपर्ने, तलब बृद्धि गर्नुपर्ने र विद्यालयको निर्माणाधिन भवन समयमै सम्पन्न हुनुपर्ने मागसहित विद्यालयमा तालाबन्दी गरेका स्थानीयवासी प्रकाश भाटले बताए ।

तालाबन्दीपछि विद्यालयको पठनपाठन ठप्प छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

विशेष