प्रवास

अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

अष्ट्रेलियामा ३ नेपालीको मृत्यु

काठमाडाैं । अष्ट्रेलियाको सिड्नीमा एक साताको अवधिमा ३ नेपालीको मृत्यु भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

मृत्यु हुनेमा एक विद्यार्थी,एक नर्स र एक बृद्ध महिला छन् । करीब एक साताअघि सिड्नीको न्युकासल क्षेत्रमा बस्ने नेपाली नर्स तृप्ति पाण्डेको मृत्यु भएको थियो भने गत शुक्रबार आफ्नो परिवार भेट्न सिड्नी आएकी महिला ६१ वर्षीय देबकुमारी अधिकारीको विमानस्थलमै मृत्यु भएको थियो ।

यसैगरी सिड्नीको लिडममा बस्दै आएकी नेपाली विद्यार्थी अस्मिता रिजाल आफू बस्ने स्थानमा मृत भेटिएकी थिइन् । पाण्डे र रिजालले आत्महत्या गरेको आशंका गरिए पनि कोरोनरको रिपोर्ट आएपछि मात्रै वास्तविकता पत्ता लाग्ने बताइएको छ ।

विशेष