मनोरञ्जन

दीपिका पादुकोण बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेत्री

दीपिका पादुकोण बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेत्री

शुक्रबारबाट ३२ वर्षमा प्रवेश गरेकी अभिनेत्री दीपिका पादुकोण फोब्र्स पत्रिकाको सूचीमा यसपटक बलिउडका धनी सिनेकर्मीमध्ये छैटौं स्थानमा परेकी छन् । सो सूचीमा उनी सन् २०१७ मा बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेत्रीका रूपमा दर्ता भएकी छन् । उनी सन् २०१७ मा ११ मिलियन अमेरिकी डलर कमाउने अभिनेत्रीका रूपमा पनि सो पत्रिकामा समेटिएकी छन् ।

यतिबेला बलिउडकै सबैभन्दा महँगी अभिनेत्रीका रूपमा दीपिका परिचित छिन् । उनको यतिबेला नयाँ फिल्म ‘पद्मावती’ प्रदर्शनीको तयारीमा छ । वर्षकै बलिउडको सर्वाधिक विवादमा परेको यो फिल्म पनि बक्स अफिसमा सुपर हिट हुनेमा यी अभिनेत्री विश्वस्त छिन् ।

एक दशकअघि फिल्म ओम शान्ति ओमबाट शाहरूख खानको नायिकाका रूपमा उनले बलिउड सिने यात्रा सुरु गरेकी थिइन् । उनको पहिलो फिल्मले नै त्यत्तिबेला सय करोड व्यापार गर्दै सय करोड क्लबको यात्रा तय ग¥यो । उनको यो फिल्मले त्यतिबेला १४९ करोडको व्यापार गरेको थियो । यो एक दशकको अभिनय यात्रामा बलिउडकी सर्वाधिक हिट र व्यावसायिक रूपमा सफल फिल्म दिने नायिकाका रूपमा दीपिका परिचित भइन् । सय करोड व्यापार गर्ने सफल फिल्म दिएकी यी नायिकाका सिनेमाले एक सय करोडबाट दुई सय करोड हुँदै तीन सय करोडसम्मको व्यापार भारतीय बक्स अफिसमा गरिसकेको छ ।

यस्तै, यी अभिनेत्रीको रेश–२, बाजीराव मस्तानी, पिकु जस्ता सिनेमाले पनि बक्स अफिसमा एक सय करोडको व्यापार गरेको थियो । उनले अभिनय गरेको अर्को फिल्म चेन्नई एक्सप्रेसले ३९५ करोडको व्यापार गरेको थियो । शाहरूख खानसँग अभिनय गरेमध्ये दीपिकाको सर्वाधिक कमाइ गर्ने फिल्म हो यो । शाहरूख खानसँगै दीपिकाले अभिनय गरेको अर्को फिल्म ह्याप्पी न्यु इयर पनि त्यत्तिकै सफल भयो । यो फिल्मले ३४० करोडको व्यापार गरेको थियो ।

यस्तै, ए जवानी है दिवानीले पनि ३११ करोडकको व्यापार ग¥यो । यो फिल्ममा उनले रणवीर कपुरसँग नायिका बनेर काम गरेकी थिइन् । यस्तै, दीपिकाको अर्को व्यावसायिक सफल फिल्म गोलियोंकी रासलीला–रामलीला पनि हो । यो फिल्मले स्वदेशी बजारमा २०२ करोडको व्यापार गरेको थियो । अब पद्मावतीले यी सबै रेकर्ड तोड्ने विश्वास अभिनेत्री दीपिका पादुकोणको छ । राजधानीबाट ।

विशेष