मनोरञ्जन

सलमानका यी १० टप फिल्म दिपीकाले गरिन अस्वीकार

सलमानका यी  १० टप फिल्म दिपीकाले गरिन अस्वीकार

मुम्बर्इ । ३२ वर्षीया बलिउड अभिनेत्री दिपिका पादुकोणले हालै आफ्नो जन्मदिन मनाएकी छन् ।

दिपिका ५ जनवरी ५, १९८६ मा डेनमार्कको कोपेनहेगनमा जन्मिएकी थिइन् । उनका पिता प्रकाश पादुकोण अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी हुन् भने आमा उजाला एक ट्राभल एजेन्ट हुन् । उनकी बहिनी अनिशा गल्फ खेलाडी हुन् ।

‘ककटेल’, ‘ये जवानी है दिवानी’, ‘चेन्नर्इ एक्सप्रेस’, ‘रामलीला’, ‘ह्याप्पी न्यु इयर’, ‘पिकू’, ‘तमाशा’, ‘बाजीराम मस्तानी’ जस्ता फिल्ममा अब्बल अभिनयमार्फत् दर्शकको मन जित्न सफल दिपिका यी फिल्मबाहेक कैयौं अन्य सुपरहिट फिल्महरूमा आएको अफर विभिन्न कारणले अस्वीकार गरिसकेकी छिन् जसमा बलिउडका तीन खानहरू पनि सामेल छन् ।

फिल्म जिरो

शाहरुख खान अभिनित फिल्म ‘जिरो’मा अनुष्का शर्मा र क्याट्रिना क्याफले मुख्य भूमिका निभाइरहेका छन् । तर पहिले दिपिकालार्इ उक्त अफर आएको थियो । उनले ‘पद्मावती’ को रिशेड्युलिंगको कारण उक्त अफरलार्इ इंकार गर्नुपरेको थियो ।

फिल्म – सुल्तान

२०१६ मा आएको सलमान खानको सुपरहिट फिल्म ‘सुल्तान’मा आएको अफरलार्इ दिपिकाले पाँचपटकसम्म अस्वीकार गरेकी थिइन् । पछि सो भूमिका अनुष्का शर्माले पाइन् ।

फिल्म – धूम ३

क्याट्रिना क्याफभन्दा पहिले यो फिल्म दिपिकालार्इ अफर गरिएको थियो । तर व्यस्तताको कारणले आमिर खान अभिनित उक्त फिल्म गुमाउनु पर्यो ।

फिल्म – ‘जब तक है जान’

यश चोपडाको अन्तिम फिल्म ‘जब तक है जान’ मा क्याट्रिना क्याफभन्दा पहिले दिपिकालार्इ अफर भएको थियो । तर उनले कारणवशः मिरा थापरको भूमिका निभाउन मानिनन् ।

फिल्म – बजरंगी भाइजान

जुलार्इ २०१५ मा आएको सलमान र करिना कपुरको फिल्म ‘बजरंगी भाइजान’मा पहिले दिपिकालार्इ अवसर दिइएको भएपनि कुरो मिलेन र सो अवसर करिनालार्इ दिइएको थियो ।

फिल्म – जय हो

२०१४ मा रिलिज भएको सलमान खानको फिल्म ‘जय हो’ मा डेजी शाहलार्इ दिइएको भूमिका दिपिकालार्इ अफर आएको थियो । तर उक्त अवसर उनको हातबाट चिप्लियो ।

फिल्म – किक

जुलार्इ २०१४ मा सलमानको ‘किक’ रिलिज भयो जसमा पहिले ज्याकलिन फर्नान्डेजको भूमिका दिपिकालार्इ अफर गरिएको थियो । त्यसबेला उनी शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु इयर’मा व्यस्त भएकी कारण सो अफर अस्वीकार गर्नुपर्यो ।

फिल्म – प्रेम रतन धन पायो

सोनम कपुर र सलमान खानको मुख्य भूमिकामा फिल्म ‘प्रेम रतन धन पायो’ २०१५ मा आएको थियो । सोनमभन्दा पहिले उक्त भूमिका दिपिकालार्इ अफर गरिएको थियो ।

फिल्म – रोय

२०१३ मा आएको फिल्म ‘ये जवानी है दिवानी’मा रणवीर कपुरसँग दिपिकाको जोडी जमेपछि निर्देशकहरू यो जोडीलार्इ पुनस् दोहोर्याउन चाहन्थे । तर फिल्म ‘रोय’मा उनले ज्याकलिन फर्नान्डेजको ठाउँमा आएकोे अफर अस्वीकार गरेकी थिइन् ।

फिल्म – फास्ट एण्ड फ्यूरियस ७

रणवीर सिंह अभिनित ‘गोलियों की रासलीलास् रामलीला’ चुनेपछि दिपिकाले विन डीजलको हलिउड फिल्म ‘फास्ट एण्ड फ्यूरियस ७’ गुमाउनु परेको थियो । यद्यपी पछि उनी विन डीजलसँग फिल्म ‘ट्रिपल एक्सस् द रिटर्न ऑफ जेंडर केज’ मा अभिनय गरिन् ।

विशेष