मनोरञ्जन

अष्ट्रेलिया बस्ने श्यामको यस्तो छ राष्ट्रभक्ति गीत (भिडियोसहित)

अष्ट्रेलिया बस्ने श्यामको यस्तो छ राष्ट्रभक्ति गीत (भिडियोसहित)


काठमाडौं । ५ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका बिराटनगरका श्याम राज दहालले राष्ट्रभक्ति गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोको गीत ‘भोकले कोही नमरोस्’ भन्ने बोलमा रहेको छ ।

दिनेश अधिकारीको शव्द, आनन्द राईको संगीतमा दहालले स्वर भरेका छन् । कृष्ण आचार्यको भिडियो निर्देशन रहेको म्युजिक भिडियोलाई बुढासुव्वा म्युजिकले युट्युव च्यानलमा सार्वजनिक गरेको छ ।

‘राष्ट्र प्रेम र देशको अवस्थितिको शव्दलाई गीत र चित्र मार्फत बाहिर ल्याउने कोशिश गरिएको छ । यो मेरो पहिलो प्लेव्याक गायन हो ।’, श्याम राजले भने,‘पहिलो स्वर नै दिनेश अधिकारी जस्ता दिग्गज गायक, आनन्द राई जस्तो संगीतकार र मदनकृष्णजस्ता महान् कलाकारसँग गर्न पाएकोमा खुशी छु ।’

">

विशेष