समाज

'ब्राह्मण समूह'द्वारा चिया र चटपटे बेचर विद्यार्थीका लागि सहयोग संकलन

'ब्राह्मण समूह'द्वारा चिया र चटपटे बेचर विद्यार्थीका लागि सहयोग संकलन

काठमाडाैं । लामो समयदेखि सामाजिक सञ्जाल फेसबुकमा सत्रियता देखाउँदै आएको फेसबुक समूह ब्राह्मणले चिया तथा चटपटे स्टल राखेर सहयोग संकलन गरेको छ ।

सिन्धुपाल्चोकस्थित फलाटेदेवी आधारभूत विद्यालयका विद्यार्थीको सहयोगार्थ समूहले पशुपति र वसन्तपुरमा चिया तथा चटपटे बेचेर सहयोग गर्न लागेको हो ।
स्टलबाट संकलित रकम चिसोबाट प्रभावित विद्यार्थीहरुलाई न्यानो कपडा वितरणमा खर्च गरिने समूहका एडमिन अनन्त नेपालले बताए ।

'अदमाराको स्कुललाई सहयोग गर्नको लागि ब्राह्मण समूहले फेरि अर्काे एक कदम समाजसेवा तर्फ बढाएकाे छ' उनले भने, 'चिया इभेन्ट सङ्कलित रकमले अदमाराको फलाटेदेबी आधारभूत बिधालय मा शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गर्दैछौँ ।’

यस अघि पनि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता समूहहरुको सहकार्यमा तराईका बाढी पीडित तथा धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्दै आइरहेको थियो । समूहले यो पटक फलाटेदेवीकाे विद्यालयलाई सहयोग गर्न एडमिन नेपालले बताएका हुन् ।

विशेष