‘टाइगर जिन्दा हे’ प्रदर्शनको तेस्रो हप्तामा, अहिले सम्म कति कमायो ?
सलमान खान अभिनीत फिल्म ‘टाइगर जिन्दा हे’ ले प्रदर्शनको तेस्रो हप्ता सम्ममा पनि राम्रो व्यपार गरेको छ । फिल्म रीलिज भएको तेस्रो हप्ता सम्म पुग्दा फिल्मले ३ सय करोडको व्यापार गरेको भारतका सञ्चार माध्यम हरले जान्कारी दिएका छन् ।
फिल्मले भारत बाट मात्र प्रदर्शनको तेस्रो हप्तामा ३ सय करोड ८९ लाखको व्यापार गरेको भारतका सञ्चार माध्यमहरुले बताएका छन् । फिल्म रीलिज भएको १६ दिनमा भएको यो प्रगति अर्थात तेस्रो हप्ता भरी फिल्म यस्तै चल्यो भने राम्रै रेकर्ड राख्ने अनुमान गरिएको छ ।
फिल्मले प्रदर्शनको पहिलो हप्ता २०६ करोड कलेक्सन गरेको थियो भने दोस्रो हपतामा फिल्मले ८५.५१ करोडको कलेक्सन गर्न सफल भएको थियो । तेस्रो हप्ताको पहिलो दिन ३.७२ करोडको व्यापार गरेको फिल्मले शनिवार ५.६२ करोडको वयापार गर्न सफल भएको बताईएको छ ।
tiger zinda hai