मनोरञ्जन

यसरी माफी मागिन प्रियंकाले

यसरी माफी मागिन प्रियंकाले


एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले सिक्किमीहरूसँग माफी मागेकी छिन् । आफ्नो अभिव्यक्तिले सिक्किमीहरूको भावनामा चोट पुगेको महसुस गर्दै उनले माफी मागेकी हुन् । सिक्किम सरकारले समेत प्रियंकाको भनाइप्रति आपत्ति जनाउँदै माफी माग्न आग्रह गरेको थियो ।

त्यस्तै सोसियल मिडियामा प्रियंकालाई ‘राजनीतिक रूपमा निरक्षर’ भन्दै आक्रोश पोखिएका छन् । टोरन्टो फिल्म फेस्टिभलमा प्रियंकाले आफ्नो फिल्म ‘पाहुना’लाई द्वन्द्वग्रस्त क्षेत्रबाट आएको छानिएर आएको पहिलो फिल्मका रूपमा चिनाएकी थिइन् ।

‘मैले सिक्किम नै द्वन्द्वमा रुमलिएको छ भन्न खोजेको होइन, वास्तवमा मैले द्वन्द्वका कारण शरणार्थी बन्न खोजेका व्यक्तिको सन्दर्भ ‘पाहुना’ले उठाएको भन्न खोजेकी मात्र हुँ,’ प्रियंकाले प्रेस विज्ञप्तिमा बताएकी छिन् ।

उनले सिक्किमलाई हरियाली, शान्त र असल नागरिकले भरिएको राज्यका रूपमा पनि चित्रण गरिन् । आफुले बोलेका कुराप्रति आफु नै जिम्मेवार रहेकोसमेत उनले बताइन्

विशेष