मुख्य समाचार

यीनै हुन् राज्यको ढुकुटीमा हालीमुहाली गर्नेहरु, खुमबहादुर देखि इला शर्मासम्म

यीनै हुन् राज्यको ढुकुटीमा हालीमुहाली गर्नेहरु, खुमबहादुर देखि इला शर्मासम्म

सत्तामा भएकाहरुले कसरी पहुँचका आधारमा आर्थिक सहायता हत्याउँछन् भन्ने केलाउन केही उदाहरण हेरौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भदौ ५ आसोज २ कार्तिक ६ र २५ मंसिरमा भएको निर्णय केलाउँदा के देखिन्छ भने आर्थिक सहयोग पाउने २ सय ७ जना देउंवाको गृह जिल्ला डडेल्धुराका छन् । त्यस्तै तात्कालिन गृहमन्त्री जनार्दन शर्माको गृह नगर रुकुमबाट तीन दर्जनले लाभ लिएका छन् ।

यसैगरी हरेक मन्त्रीले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा सिमित व्यक्तिलाई आर्थिक सहायता बाँडेका छन् । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले राज्यकोशबाट एक करोड २६ लाख रुपियाँ उपचार खर्च पाएका छन् भने त्यही शीर्षकमा पूर्वराष्ट्रपति रामवरण यादवले ७० लाख रुपैया । कांग्रेस नेता दवेन्द्रराज कडेलले १६ लाख आर्थिक सहायता बापत पाएका छन् मन्त्रिपरिषका निर्णयमा प्रभाव पार्न सक्ने कुन हदसम्मको मनाोमानी गर्छन भन्ने एउटा उदाहरण कांग्रेस नेता खुमबहादुर खड्का पनि हुन् । एकातिर, राज्यको भ्रष्टाचार मुद्धामा सजाय पाएका उनलाई पटक–पटक आर्थिक सहायता दिई पुरस्कृत गरेको छ । खड्कालाई ९७ लाख रुपियाँ राज्यकोशबाट दिलाइएको छ । विशेष अदालतले भ्रष्टाचार मुद्धा ठहर भइसकेका कांग्रेसका अर्का नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले पनि २७ लाख ८० हजार बुझेका छन् ।

यसैगरी संविधान सभाकी पूर्वउपाध्यक्ष पूर्णकुमारी सुवेदीले छोराको उपचार खर्च भनेर ४० लाख लगेकी छन् । पूर्वराष्ट्रपति परमान्द झाले श्रीमतीको उपचारका लागि ९ लाख तीस हजार बुझेका छन् । यसैगरी पूर्वमन्त्री भरतमोहन अधिकारीले उपचार खर्च भेन २५ लाख बुझे । पूर्वमन्त्री महेन्द्र रायले १५ लाख लगेका छन् ।

आर्थिक सहायता पाउने तल्लो तहका कार्यकर्तादेखि उपल्लो तहका नेतासम्म छन् । अर्को उदाहरण हरौं । भोजपुर जिल्लाको, एमाले नेता घनेन्द्र बस्नेत र नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझी दुबै आर्थिक सहायता पाउने भााग्मानी नेता हुन् । फरक यति हो दुबैले एकै पटक सहायता पाएनन् । आफ्ना पार्टीका नेताले सरकारले नेतृत्व गरेको मौका पारेर यिनले राज्यकोषबाट लाभ लिए । एमाले नेता केपी ओली प्रधानमन्त्री भएको बेला बस्नेतले तीनलाख सहायता पाएका थिए भने रायमाझीले कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री भएको बेला रकम बुझे । एमाले नेता शेरधन राई पनि २०७२ मा ओली सरकारको पालामा ५ लाख रुपियाँ बुझेका छन । पछिल्लो समय सुनसरी, मोरङ, धनुषा कैलाली सबैभन्दा बढी आर्थिक सहायता पाउने जिल्ला हुन् । किनभने सुनसरी मोरङ क्षेत्रबाट विजयकुमार गच्छदार, धनुषाबाट विमलेन्द्र निधी सरकारमा छन् भने कैलाली प्रधानमन्त्री पत्नी आरजुको निर्वाचन क्षेत्र हो ।

जनप्रतिनिधी, पत्रकार, लेखक, पूर्वकर्मचारी, सबैले राज्यको ढुकुटीबाट विनामापदण्ड बाडिने अािर्थक सहायतको स्वाद चाखेका छन्् । यस्तो सुविधा संवैधानिक निकायमा बसेकाहरुले पनि पाएका छन् २०७३ साल असार २६ गते निर्वाचन आयुक्त इला शर्माले आर्थिक सहायताका नाममा तीन लाख बुझिन । उनले सरकारी दलको सिफारिसमा प्राप्त गरेको सहायता निसंकोच बुझिन ।

आर्थिक सहायता लिने मध्ये केही यति शक्तिशाली छन् कि जसले दोहोर्याइ तेहर्याई सुविधा भोग गर्न पाएका छन् । भर्खरै २५ लाख पाउने निर्णय भएका तुुलसी गिरीले यसअघि ७२ सालमा २० लाख पाएका थिए । २६ असारमा तीनलाख पाएका पूर्वप्रशासक नरेन्दू्रराज शर्माले २ असाजमा थप ५० हजार पाए त्यस्तै १७ फागुन २०७३ मा उनले तीन लाख थापेका थिए । पछिल्लो पटक भने उनले तीन लाखका लागि निवेदन दिएका थिए ५० हजारमै चित्त बुझाउनु पर्यो ।
चितवनका विज्ञान बोटे, अछामका झंकर रावल, कीर्ति शाह, सिन्धुलीका गोविन्द्रप्रसाद कोइराला दोहो¥याएर रकम पाये थप भाग्यशाली हुन् । – नेपाल साप्ताहिकबाट

 

विशेष